अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

काठमाडौँ । अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो ।

अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए । त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए ।

योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ । २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो । त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *