दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी दल विजयी

एजेन्सी । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित हासिल गरेको छ । बुधवार ३ सय सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी) सहितको गठबन्धनले १७५ सिट जितेको छ ।

यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी) ले १०९ सिट जितेको छ । दक्षिण कोरियामा बुधवार भएको निर्वाचनमा ६७ प्रतिशत भोट खसेको थियो । यो ३२ वर्ष यताको सबैभन्दा धेरै हो ।

विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन । राष्ट्रिय सभाका ३ सय सदस्यका लागि बुधवार मुलुकका १४ हजार २५९ मतदान केन्द्रमा २५४ निर्वाचन क्षेत्र र ४६ स्लटका लागि मतदान भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *