हङकङको जिममा आगलागी हुँदा ५ जनाको मृत्यु

एजेन्सी । हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा बुधबार आगलागी भएको हो ।

आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । आगो नियन्त्रणमा आइसकेको र आगोमा फसेकाहरूलाई उद्धार गरिएको बताइएको छ । घटनामा घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *