च्याम्पियन्स लिग : बार्सिलोनाले पिएसजीलाई हरायो

काठमाडौँ । बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *