च्याम्पियन्स लिग : क्वार्टरफाइनलमा पीएसजी र बार्सिलोना खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज राति तेस्रो र चौथो क्वार्टरफाइनलको पहिलो लेगका खेल हुँदैछन् ।

राति पौने १ बजे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएजसी) र स्पेनी क्लब बार्सिलोनाबीच खेल हुँदैछ ।

यो खेल पीएसजीको घरेलु मैदान पार्क देस प्रिन्सेसमा हुनेछ । प्रि–क्वार्टरफाइनलमा पीएसजीले रियल सोसिडाड र बार्सिलोनाले नापोलीलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

अर्काे खेलमा राति पौने १ बजे नै स्पेनी क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बाेरुसिया डर्टमन्ड खेल्दैछन् ।

यो खेल एट्लेटिकोको घरेलु मैदान सिभिटास मेट्रोपोलिटानोमा हुनेछ । प्रि–क्वार्टरफाइनलमा एट्लेटिकोले इन्टर र डर्टमन्डले पीएसभीलाई हराएर अन्तिम आठमा पुगेका हुन् ।

गए राति भएको क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनल र बार्यन म्युनिख तथा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *