छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । मोरङ, बुढिगंगा गाउँपालिका–१ टपु टोलमा प्र.१–०२–०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका–४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्घाखाँची, पाणीनी गाउँपालिका–८ पोल डाँडास्थित सडकमा ग.३ च ४५७४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक भुमिकास्थान नगरपालिका–८ किमडाँडा बस्ने ३४ वर्षीय ईश्वरी क्षेत्रीको छोरा ६ वर्षीय आराम्भ क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्दीखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ बासखोलामा ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका–६ बस्ने ३४ वर्षीय उज्वल गुरुङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =