प्रभु साहको प्रश्न- सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कहाँ छ ?
२०८० चैत २८ गते

काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले संमणणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफैले प्राथमिकतामा राखेका छु भनेर घोषणा गरेको सो विधेयक कहाँ छ रु भनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरे ।
अध्यक्ष साहले प्रधानमन्त्री दाहालले प्रधानमन्त्री बन्ने क्रममा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताए ।
उनले विषय विज्ञहरूलाई सांसदको स्वकीय सचिव नदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष साहले सांसदहरूले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्व नदिएको गुनासो गरे ।
२०८० चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित








