बराबरीमा रोकिए रियल म्याड्रिड र म्यानचेस्टर सिटी, आर्सनल र बायर्न म्युनिख

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् । गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।

रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए । म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक एक गोल गरेका थिए । पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ । दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुनेछ ।

अर्को खेलमा आर्सनल र बायर्न म्युनिखले पनि २-२ गोलको बराबरी खेलेका हुन् । आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *