आरोप लाग्ने बित्तिकै राजीनामा दिने सहमती गरौं : रवि लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसका सहमती गरेर अघि बढ्न काँग्रेस तयार हुनुपर्ने शर्त समेत राखेका हुन् ।
‘हामीले त भनेका छौ नि प्रश्न उठने वित्तिकै ठाडो कसैले जाहेरी, सूचना, निवेदन दिने वित्तिकै तुरुन्तै सांसदले राजीनामा दिउ, मन्त्रीले राजीनामा दिउँ, संसदीय समिति बनाउ’ उनले भने,हामीले हुन्छ भनिसक्यौ, नाई भनेका छैनौै ।’
नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानविनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानविन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने जिकिर समेत गरे ।
उपप्रधानमन्त्री लामिछानेले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानविन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गर्न तयार हुन पनि काँग्रेससँग प्रश्ताव गरे ।
‘हामीले भनिसकेका छौं । त्यो भन्दा बृहत रुपमा २०४७ साल भन्दा पछिका अझ स्वतन्त्र ढंगले, अझ स्वतन्त्र रुपमा एउटा बृहत छानविन बनाउ, त्यसरी गरौं उनले भने, ‘२०४७ सालदेखि आजसम्मका सम्पूर्ण कुराहरुको छानविन गरौं । सरकारको न्यूनतम साझा कार्यक्रममा पनि हामीले भनेका छौ–कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्नुपर्छ ।’
उपप्रधानमन्त्री लामिछानेले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानविन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको बताए ।








