गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषिकर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

मंगलवार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषिकर्जा प्रदान गर्नुपर्ने बताए । अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए ।

उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवाहरूलाई मुलुकभित्रै रोजगारी दिनेगरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे ।

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र आयातमुखी भएको बताए । उनले कृषिप्रधान देश नेपालले वार्षिक खर्बौँ रुपैयाँ भन्दा बढीको खाद्यान्न तथा खाद्य सामाग्रीहरू आयात गरी उपभोग गरिरहेको बताए ।

उनले मुलुकमा भएको प्राकृतिक स्रोत र साधनहरूलाई प्रवर्द्धन, उत्पादन, उपभोग र निर्यात गर्न आवश्यक रहेको उल्लेख गरे । उनले तुलनात्मकता लाभ भएका कृषि, जलस्रोत, पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको दाबी गरे ।

उनले हस्तकलाका सामग्री, खानीजन्य वस्तुहरू, बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवर्द्धन गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले भने ‘तुलनात्मकता लाभ भएका कृषि, जलस्रोत, पर्यटन र आइटीको क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन अति आवश्यक छ । हस्तकलाका सामग्री, खानीजन्य वस्तुहरू, बहुमूल्य रत्न पत्थर उत्पादन तथा ब्राण्डिङ गरी निर्यात प्रवर्द्धन गरिनुपर्छ । आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानुनहरू यथाशीघ्र संशोधन गरी पारित गर्न चेम्बरको माग छ ।’

उनले भने ‘नेपालमा काठको आयातलाई बन्द गर्नुपर्छ । भन्सारका मुख्य नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टटाइन ल्याव स्थापना गरी निर्यात प्रवर्द्धन र आयातलाई व्यवस्थित तुल्याउनुपर्छ । गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्छ । कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता पाउनुपर्छ । कृषिकर्जा खेत किन्नेलाई नभई खेती गर्नेलाई प्रदान गरिनुपर्छ भन्न चाहन्छु । भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्य ढड्डाबाट पैसा उठाउने विधि छ । तत्काल खारेज गर्नुपर्छ । युवाहरूलाई रोजगारी दिने गरी सरकारले तत्काल रणनीतिक योजना बनाउनुपर्छ ।’

उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानुनहरू यथाशीघ्र संशोधन गरी पारित गर्न माग गरे । उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *