छुट्टाछुट्टै स्थानमा ६ जना मृत फेला

काठमाडौँ । नवलपरासी पूर्व, गैडाकोट नगरपालिका–१३ सिख्रौलीस्थित नारायणी नदी किनारमा ललितपुर लेले–७ बस्ने ५० वर्षीय राजन थापा क्षेत्री आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रूपन्देही, सैनामैना नगरपालिका–७ रामबस्ती बस्ने मोहन भुसालको छोरा ८ वर्षीय आयुष भुसाल सोही ठाउँस्थित ईन्गोरिया खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी रूपन्देही, कोटहीमाई गाउँपालिका–६ हर्दी बस्ने ५४ वर्षीय राम किसन चौधरी सोही ठाउँस्थित आफनै खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

अर्का लमजुङ, क्व्होलासोथार गाउँपालिका–१ नजरे बस्ने ६९ वर्षीया धन कुमारी गुरुङ सोही गाउँपालिका–३ च्यानडाडास्थित च्यानडाडा वनको भिरबाट खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

चैत १५ गते माईती घर जान्छु भनी हिँडेकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा सडीगलेको अवस्थामा शव फेला परेको हो ।

त्यस्तै रामेछाप, रामेछाप नगरपालिका–६ हुदिल बस्ने ७३ वर्षीय तेज बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रौतहट, गरुडा नगरपालिका–६ अमरपट्टी बस्ने १८ वर्षीय नन्दकिशोर राय यादव सोही ठाउँस्थित झाझ सिचाई नहरमा सोमबार मृत अवस्थामा फेला रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =