इलाम र बझाङका कुनै पनि उम्मेदवारविरुद्ध परेन उजुरी

आगामी वैशाख १५ गते उपनिर्वाचनका लागि उम्मेदवारि दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

शनिबार इलाम–२ मा २० र बझाङ प्रदेशसभा १ मा १२ जनाको उम्मेदवारी परेको थियो । उनीहरूमाथि आइतबार दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको भएपनि कुनै उजुरी नपरेको बताइएको छ।

इलाम–२ मा राजनीति दलका १२ र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै बझाङ प्रदेशसभा १ का १२ जना उम्मेदवारमाथि कुनै उजुरी परेन।

निर्वाचन अधिकृतहरूका अनुसार उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मात्र उजुरी दिन पाउने व्यवस्था थियो। तर कसैले पनि उजुरी गरेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =