मुस्लिम समुदायका २ सय भन्दा बढी घर परिवारलाई राहत सामग्री वितरण

काठमाडौँ । मुस्लिम समुदायका गरिब र असहाय नागरिकका लागि खाद्यन्न लगायतका राहत सामग्री वितरण गरिएको छ ।

नेपाल–भारत मिलन परिषद् केन्द्रले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच रमजान –व्रत बसेका गरिब असहाय इस्लाम समुदायका २ सय भन्दा बढी घर परिवारलाई सो राहत सामग्री उपलब्ध गराएको हो ।

भारतीय दुतावासको सहयोगमा उनीहरूलाई रमजान बसेको एक महिनासम्मलाई पुग्नेगरी खाद्यन्न, कपडासहितको राहत सामग्री उपलब्ध गराइएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए । उनले नेपाल भारत मिलन परिषद् केन्द्र भारतीय दुवावासको सहयोग जुटाएर वितरण गरिएको बताए ।

उनले भने ‘नेपाल भारत मिलन परिषद् केन्द्र भारतीय दुवावासको सहयोग जुटाएर हामीले रमजानका लागि व्रत बसेको गरिब असहाय मुस्लिमहरूलाई राहत सामग्री वितरण गरेका हौँ । यो राहत सामग्री लिनेमा २०० सय भन्दा बढिरहेका छन् । गत वर्ष पनि भारतीय दुतावासको सहयोगमा यो भन्दा ठूलो संख्यामा हामीले गरेका थियौँ ।’

नेपाल–भारत मिलन परिषद् केन्द्रले गत वर्ष पनि भारतीय दुतावासको सहयोगमा रमजानको अवसर पारेर मुस्लिम समुदायका गरिब नागरिकलाई राहत सामग्री उपलब्ध गराएको थियो । अध्यक्ष अन्सारीले मुस्लिम समुदायका गरिब नागरिकलाई राहत सामग्री उपलब्ध गराउने काम गरेको भन्दै भारतीय दूतावासप्रति आभार पनि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *