करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आर्थिक प्याकेज दिई बिदाइ गर्न माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले विद्यालयहरूमा कार्यरत राहत, अनुदान र करारका शिक्षकहरू आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुन नसके आकर्षक आर्थिक प्याकेज दिई बिदाइ गर्नुपर्ने बताएकी छन् ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन् ‘सम्पूर्ण विद्यालयहरूमा कार्यरत राहत शिक्षक, उच्च मावि अनुदान, करार, विशेष शिक्षक, शहीद स्मृति विद्यालयका शिक्षक, प्राविधिक धार शिक्षण सिकाई अनुदान, शिक्षाको हकमा सबैलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट परीक्षा लिई सफल हुने सबैलाई स्थायी गर्ने र असफल हुनेलाई आकर्षक आर्थिक प्याकेज दिई ससम्मान बिदाइ गर्ने । पहिला एकै पटक हटाउने भन्ने पनि थियो । यस्तो नगरेर एक चोटि उनीहरूलाई मौका दिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै संशोधनकर्ता सांसद स्वराज अहमद फारुकीले विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएको बताए । उनले मदरसा शिक्षामा उत्तीर्णहरूको अहिलेसम्म मान्यता नभएको भन्दै त्यसको व्यवस्था गर्नुपर्ने माग गरिन् । उनले शिक्षा अधिकार आयोगको गठन गर्न पनि माग गरिन् ।

उनले भने ‘यद्यपि मूलभूत रुपमा विधेयकमा मदरसा शिक्षाप्रति अन्याय भएकोमा आवश्यक संशोधन हाल्न चाहन्छु । नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न आवश्यक छ ।’

उनले विद्यालय शिक्षा सम्बन्धी नीति, कानुन, योजना, व्यवस्थापन अनुगमन, समायोजन गर्न प्राज्ञिक तथा नीतिगत सुझाव प्रदान गर्नेगरी एउटा स्वायत्त शिक्षा अधिकार आयोग गठन गर्ने व्यवस्थालाई शिक्षा ऐनमा समेट्न माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =