दैनिक उपभोग्य वस्तुको मूल्य घटायो

एजेन्सी । इजिप्ट सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य १५ देखि २० प्रतिशतसम्म घटाएको छ ।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आगामी साता खाद्यवस्तुको मूल्य ३० प्रतिशतले घटाउने लक्ष्य लिएकाले गत मंगलबारदेखि कुखुरा र अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

विगतको अवधिमा, डलरको अभावले इजिप्टको बजारमा मूल्य वृद्धि भएको छ । जसका कारण केही कम्पनीहरूले ६० प्रतिशतभन्दा बढी मूल्य वृद्धि गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *