गर्मी बढे्सँगै भारतले थाल्यो गर्मी सम्बन्धी रोग व्यवस्थापनको तयारी

एजेन्सी । भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा गर्मी सम्बन्धी रोगहरूको लागि जनस्वास्थ्य तयारीको समीक्षा गरिएको हो ।

बुधबार बसेको बैठकमा स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले गर्मीका कारण हुने रोग र मृत्युका घटनाको क्षेत्रगत तथ्याङ्क बाँड्नका लागि राज्यबाट प्राप्त जानकारीसहितको केन्द्रिय डाटाबेस निर्माण गर्नुपर्नेमा जोड दिए । समयमै सल्लाह र रोकथामका उपायहरूबारे जनतामा व्यापक चेतनाले गर्मी सम्बन्धी रोगहरुलाई कम गर्न सकिने बताए ।

बैठकले गर्मीका कारण लाग्ने रोगको प्रभावकारी व्यवस्थापनमा राम्रो समन्वय र सहकार्यका लागि आह्वान गरेको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले देशले अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मीको सामना गर्ने जनाएको छ ।

यसैबीच जलवायु परिवर्तन र मानव स्वास्थ्यका लागि भारतको राष्ट्रिय कार्यक्रमले अत्यधिक गर्मीमा सार्वजनिक स्वास्थ्य सल्लाहकारमा शारीरिक परिश्रम, प्रत्यक्ष घाम, भीडभाड र छायाँ वा पानीमा कठिन पहुँचले कमजोर मानिसहरूको स्वास्थ्य बिग्रन सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *