नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने (तस्बिरहरू)

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघसँग आग्रह गर्ने बताएका छन् ।

शुक्रवार लुम्बिनीमा लुम्बिन्धी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा आफूले महासचिव गुटेरेससँग नेपालले प्रस्ताव ल्याएको खण्डमा समर्थन गरी प्रशताव पारित गर्न सहयोग गर्न आग्रह गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि नेपालले आन्तरिक तयारी गरिरहेको पनि बताए । उनले उच्चस्तरमा छलफल सकेर नेपाल सरकारले प्रस्ताव पारित गरेको खण्डमा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।

उनले भने ‘केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउनुभएको थियो । उहाँ लुम्बिनी पनि आउनुभएको थियो । लुम्बिनीबाट फर्किनासाथ काठमाडौंमा मेरो र उहाँको भेट भयो । मैले उहाँलाई तपाईँ लुम्बिनीबाट भर्खर आउनुभएको छ, बुद्धको जन्मथलोबाट आउनुभएको छ, त्यसअर्थमा तपाईँलाई म महत्वका साथ कुरा गर्छु, हामी अहिले व्यक्तिगत रुपमा म र केही साथीहरू हामी उच्च तहमा पनि छलफल गरिरहेका छाँै । बुद्धको विशेषतः ध्यान सम्बन्धी योगदान, शान्ति सम्बन्धी योगदानलाई ध्यान दिएर हामीले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्ने सोच बनाएका छौँ । त्यो हामीले घोषणा गरेर हुँदैन, हामीले प्रस्ताव पारित गरेर त्यो प्रस्ताव संयुक्त राष्ट्रसंघमा ल्यायौँ भने तपाईँले अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्नुपर्छ, यसबारेमा हामी अहिले प्रारम्भिक छलफलमा छौँ , त्यसपछि उच्चस्तरमा छलफल सकेर हाम्रो नेपाल सरकारले प्रस्ताव पारित गरेमा त्यो प्रस्तावसहित तपाईँ कहाँ आउनेछौँ । त्यतिबेला अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न तपाईँले सहयोग गर्नु पर्दछ । हामी विश्वस्त छौँ , तपाईँलाई सहयोग गर्नु हुनेछ ।’

मन्त्री श्रेष्ठले बुद्धको बाटो मुक्ति यात्रामा आफैँ हिँड्ने बाटो भएको बताए ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *