माछापुच्छ्रे बैंकद्धारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

काठमाडौँ । डिजिटल बैंकिङ्ग सेवालाई प्रभावकारी र सहज बनाउने उद्देश्यले विभिन्न योजनाहरू ल्याइरहेको माछापुच्छ्रे बैंक लि.ले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ्ग हाउस र फोन पे संग भिन्दा भिन्दै सम्झौता गरेको छ ।

बैंकका अनुसार फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले को प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटवर्क आबद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमासोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ । तथा सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर QR भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको बैंकले जनाएको छ ।

साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ्ग हाउससँग बैंक साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरूप उक्त सेवा लाइभ गए पश्चात् नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि UPI ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकिए बमोजिम दैनिक रुपमा १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ । यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि UPI-enabled apps  प्रयोग गरेर तहां को नियामक निकायले तोकेको सीमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको UPI ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् ।

हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु दुई लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढी कारोबार ननाघ्ने गरि आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु पचास हजार पठाउन सक्नेछन् ।

बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थिक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ्ग कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *