सन्दीपको मुद्दामा दुवै पक्षलाई झिकाउन उच्च अदालतको आदेश, अर्को पेशी वैशाख ३ गते
२०८० चैत २३ गते

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले दुवै पक्षलाई झिकाउन आदेश दिएको छ ।
शुक्रवार पाटन उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै झगडिया (दुवैपक्ष) झिकाउन आदेश दिएका हुन् ।
सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार अर्को पेशी वैशाख ३ गतेलाई तोकिएको छ । जिल्ला अदालत काठमार्डौंले उनलाई ८ वर्ष कैदको फैसला गरेको छ । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका छन् । सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ।
सन्दीपले यो मुद्दाबाट सफाइ पाउन पर्ने माग गरेका छन् । सरकारी वकिलले भने उनलाई नाबालिक बलात्कारकै कसुरमा सजाय हुनु पर्ने माग गरेका छन् ।
२०८० चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित








