कंगोमा बिद्रोहीहरूको आक्रमण, कम्तीमा १० जनाको मृत्यु

काठमाडाैं । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको स्थानीय स्रोतले बताएको छ ।

स्थानीय नागरिक समाजका अनुसार, एडीएफ विद्रोहीहरूले उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित गाउँ मङ्गोडोमुमा घुसपैठ गरेका थिए । जुन क्षेत्र २०२१ देखि सेना र प्रहरी प्रशासनको अधीनमा छ ।

नागरिक समाजका अध्यक्षले बिद्रोहीहरुको घुसपैठको निन्दा गरे । उनले बिद्रोहीहरुले नागरिकहरुको हत्या गरेको र लुट मच्चाएको आरोप लगाए ।

मे २०२१ देखि यी दुई प्रान्तहरूलाई घेराबन्दीमा राखिएको छ । जहाँ नागरिक अधिकारीहरूलाई सेना र प्रहरी अधिकारीहरूले प्रतिस्थापन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *