प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगदरहित भुक्तानी प्रणालीको सम्झौता

काठमाडौँ । प्रभु बैंक लि. र गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि बीच नगद रहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

गण्डकी ट्याक्सी व्यवसाय प्रा.लि सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैंक लि। र गण्डकी ट्याक्सी व्यवसाय प्रा।लि। बिच आज एक सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा प्रभु बैंक लि. का गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रा लिÞको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरी उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराइएको क्यु आर मार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । गण्डकी ट्याक्सी व्यवसाय प्रा.लिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ ।

निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरूलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरूका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरू सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामूलक सामाग्री प्रस्तुति गरिएको थियो ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरू समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *