जावलाखेलमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो सुरु (तस्बिरहरु)

काठमाडौं । ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ सुरु भएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ भएको हो ।

एक्स्पोमा मेड इन नेपाल प्याभिलियन विशेष आकर्षण रहेको छ ।

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, साउथ कोरिया लगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरुको प्रदर्शनी भइरहेका छन् ।

एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामाग्री, लत्ताकपडा, जुत्ता चप्पल, स्वास्थ्य वर्धक सामानहरु, अर्गानिक उत्पादन र गरगहनाका सामाग्रीहरु पनि राखिएका छन् ।

एक्स्पोमा अन्य देशहरुमा उत्पादित वस्तुहरुको करिव १ सय भन्दा बढी स्टल रहेका छन् । ट्रेड एक्स्पा २२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =