उपाधि होडमा रहेका आर्सनल र सिटीको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेका आर्सनल र म्यानचेष्टर सिटीले जित निकालेका छन् ।

गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए भने रोड्रीले एक गोल गरेका थिए । त्यसैगरी एस्टन भिल्लाका लागि जोन दुरानले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल २९ खेलमा ६७ अंकसहित गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *