७० सालमा भर्ना भएका साढे ४ लाख विद्यार्थी कहाँ हराए ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य दीपक गिरीले देश शैक्षिक संकटकालको अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा शुन्य समयमा बोल्दै उनले दश वर्षअघि कक्षा १ मा साढे ९ लाख विद्यार्थी भर्ना भएपनि अहिले ५ लाखले मात्रै एसईई परीक्षा दिइरहेका भन्दै बाँकी विद्यार्थीहरु कता गए ? भनि प्रश्न गरे ।

उनले भने– ‘एसईईमा ५ लाख विद्यार्थी सहभागि छन् । शिक्षा मन्त्रालयकाअनुसार दश वर्ष अघि २०७० सालमा कक्षा १ मा साढे नौ लाख बालबालिका भर्ना भएका थिए । तर १० वर्षपछि त्यसको आदी मात्रै विद्यार्थी यसै परिक्षामा सहभागि भएका छन् । बाँकी आदि विद्यार्थी कता गए ? तिनलाई हामीले किन १० कक्षासम्म रोक्न सकेनौँ । यो शैक्षिक संकटकालको अवस्था हो । यसले हाम्रो देशको शिक्षा क्षेत्रको असली तस्वीर प्रस्तुत गर्दछ । कुल विद्यार्थीको ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पठन पाठन गर्छन् । सामुदायिक विद्यालयहरुको पठन पाठनको गुणस्तर सुधार गर्नुपर्छ ।’

उनले यस्तो अवस्थाले देशको शिक्षा क्षेत्रको असली तस्बिर प्रश्तुत गरेको बताए । उनले सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तर सुधार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *