कुमारी बैंकद्वारा ५४ सय सहभागीहरूलाई वित्तीय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक- २४ सम्पन्न

काठमाडौँ । कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागीहरूलाई वित्तीय साक्षरता प्रदान गर्दै ग्लोबल मनी विक–२४ सम्पन्न गरेको छ ।

बैंकले ‘Protect your money, secure your future’  भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४’ बाह्रौँ संस्करणमा कुमारी बैंकले सहभागिता जनाएको थियो ।

वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसङ्गतिका सिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोबृद्धि प्रवर्द्धन मार्फत कुसल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यकारुपमा लिँदै निम्न लिखित क्रियाकलापहरू सञ्चालनमा ल्याइएको थियो ।

  • वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन (https://www.kumaribank.com/goal-calculator)
  • वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीहरूको प्रतिबद्धता कार्यक्रम सञ्चालन,
  • देशै भरि वित्तीय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण सञ्चालन,
  • वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागीहरूलाई सपथ कार्यक्रम सञ्चालन,
  • बैंकको सामाजिक सञ्जाल मार्फत वित्तीय साक्षरता सम्बन्धी क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण,
  • देशै भरि वर्षै भरी वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरूको अभिनय सहितको भिडियो शृङ्खला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसङ्ग समेटिएको पुस्तक सार्वजनिक

कुमारी बैंकले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमहरू आयोजना गरेको थियो जसमा ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरूले सहभागिता जनाएका थिए ।

बैंकद्धारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरूले ग्लोबल मनी विकको १२ औं संस्करणलाई जीवन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *