यी २६ कम्पनीलाई ७ दिने स्पष्टीकरण (सूचना)
२०८० चैत १९ गते

काठमाडौं । सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ ।
विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो । तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ ।

२०८० चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित








