मुक्तिनाथ बैंकद्वारा धादिङ्गको विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ्ग जिल्लाको विभिन्न स्थानहरूमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित श्री सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आबद्ध महिलाहरूलाई र थाक्रे गाँउपालिका वडा नं.१० स्थित ठूलोपोखरीका स्थानीय बासीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ्ग प्रविधि र बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य लिएको बैंकले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरि रहेको VISA Network मा आबद्ध अन्यजुनसुकै बैंकको ATM Machine बाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग -बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३_ आदि जस्ता सेवाहरू बैंकको शाखामाभौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *