महालक्ष्मी बैंकद्वारा कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक (भिडिओ)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्जाबारे प्रभावकारी वित्तीय साक्षरतामूलक भिडिओ सार्वजनिक गरेको छ ।

उक्त भिडिओमा बैंकबाट कर्जा लिँदा धेरै सम्भावनाहरू खुल्ने र सम्भावनाहरूसँगै ठूलो जिम्मेवारी पनि बेहोर्नुपर्ने अवस्थाको जानकारी दिइएको छ । बैंकबाट प्राप्त गरेको कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक रहेको बताइएको छ ।

भिडिओमा शिक्षा, व्यवसाय जुन उद्देश्यका लागि कर्जा लिइएको हो सोही कामका लागि मात्र प्रयोग गर्न भनिएको छ ।

बैंकले समयमै कर्जा भुक्तानी गर्नू केबल जिम्मेवारी मात्र नभएर भविष्यका लागि एक कदम हो भन्दै कर्जाको किस्ता समयमै नतिर्दा जरिवाना लाग्ने र अर्को पटक कर्जा पाउने अवसर पनि कम हुने बताएको छ । समयमै किस्ता तिर्दा बैङ्कसँगको सम्बन्ध राम्रो बन्ने र आवश्यकताको समयमा बैंकले सहयोग गर्ने कुरा भिडिओमा भनिएको छ ।

बैंकले समयमै कर्जा तिर्दा केन्द्रीय बैंकले प्रदान गर्ने विभिन्न सहुलियत पनि प्राप्त गर्ने भन्दै सबै कर्जावालहरूलाई कालो सूचिमा पर्ने सम्भावनाबाट टाढा रहन आग्रह गरेको छ ।

समयमै कर्जा नतिर्ने कर्जावालहरूका लागि भविष्यमा कर्जा र अन्य वित्तीय अवसरका ढोकाहरू बन्द हुने बताएको छ ।

बैंकले वित्तीय यात्रा संवृद्ध र सुरक्षित राख्नका लागि भविष्यमा कर्जा लिने बेला भनिएका कुराहरू ध्यानमा राख्न सबै कर्जावालहरूलाई अनुरोध गरेको छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *