काठमाडौँमा यसरी मनाइयो ‘इस्टर सन्डे’ (तस्बिरहरु)

काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा र्‍यालीको आयोजना गरिएको छ ।

उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु यशुलाई क्रुसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।

बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।

इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *