जनमतलाई संसद सचिवालयको जवाफ– सापकोटालाई सांसदबाट हटाउने प्रक्रिया पुगेन

काठमाडौं । संसद सचिवालयले जनमत पार्टीका सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउने प्रक्रिया नपुगेको जवाफ दिएको छ ।

जनमतले सांसद सापकोटालाई हटाउन माग गर्दै संसद सचिवालयमा निवेदन दिएको थियो ।

पार्टीको निर्देशन विपरीत सांसद सापकोटाले कदम चालेको भन्दै जनमतका अध्यक्ष सिके राउतले उनलाई सांसद पदबाट हटाउन खोजका थिए । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले सांसद लाभलाई कारबाही गरी पार्टीबाट निष्कासित गरिसकेको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम उनलाई पदबाट हटाउन संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

सोही ऐनको दफा ३८ (२) ले तोकेको प्रक्रियाबमोजिम सम्बन्धित सदन वा सभामा पेस गर्न पनि जनमतले आग्रह गरेको थियो । पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित उक्त पत्रमा सांसद लाभले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको पार्टीबाट समेत निष्कासित गरेको उल्लेख छ ।

तर संसद सचिवालयले भने पदबाट हटाउने प्रक्रिया नपुगेको जवाफ दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *