रिहा भइन् अनेरास्ववियुकी नेतृ रक्षा बम

काठमाडौं । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हाजिर जमानीमा रिहा भएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले दिएको रायको आधारमा प्रहरीले बमलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भएको हो ।

आपराधिक लाभलगायत चोरी गरेको आरोपमा बम पक्राउ परेकी थिइन् ।

बमविरुद्ध रश्मिला धामीले प्रहरीमा उजुरी दिएकी थिइन् । आफ्नो मोबाइल खोसेर गोप्य कागजात नष्ट गरेको र अन्य आपराधिक कार्य गरेको आरोप रश्मिलाले लगाएकी थिइन् ।

उनी पक्राउ परेपछि नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले स्थायी कमिटी सदस्य बमलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *