लागुऔषध कोकिनको कारोबारमा संलग्न २ पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका दुईजना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिक लारिसन ब्रिटोदोस सान्तोस र फर्नान्डा भालदोस सान्तोस रहेका लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकाहरू ब्राजिल, दोहा हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरूका साथबाट कूल एक केजी चार सय ५५ ग्राम कोकिन बरामद भएको छ ।’

विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकको निगरानी गर्ने क्रममा उनीहरूलाई काठमाडौँबाट पक्राउ गर्न सकिएको प्रवक्ता कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *