४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौँ । तेह्रथुम, ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै झापा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने इलाम माई नगरपालिका–६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती किशोरीलाई बिर्तामोड नगरपालिका–४ स्थित कोहिनुर होटलमा बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *