जलवायुवित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक र IFC बीच सम्झौता

काठमाडौँ । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायुवित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक लिमिटेड र International Finance Corporation (IFC) बीच सम्झौता भएको छ ।

बैंकले ‘डिजिटल फस्र्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरुमा केन्द्रित हुँदैँ दिगो विकासलाई सधैँ प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरु वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै आएको छ । उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

IFC को ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले IFC द्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘Best Operations Bank in South Asia 2021’ अवार्डबाट पनि सम्मानित भएको थियो । त्यसैगरी केही समय अघि मात्र पनि सिद्धार्थ बैंक र IFC बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (MSME) हरूको व्यवसायमा र जलवायुवित्तपोषण (Climate Financing) मा लगानी गर्ने सम्झौता भइसकेको बैंकले जनाएको छ ।

जस अन्तर्गत IFC लेबैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *