सिरहामा एसइईअन्तर्गत नेपालीको प्रश्न पत्र बाहिरियो

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा सुरु भएको १० मिनेटपछि नै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो ।

केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा प्रश्न पत्र आउट गरिएको बताइएको छ । अहिले प्रश्न पत्रको तस्बिर खिचेर ह्वाटसअप र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *