बागमती प्रदेश सरकारले फेरि बहुमत जुटायाे, चार दलबीच ५ बुँदे सहमति

बागमती प्रदेश सरकारले फेरि बहुमत जुटाएको छ। सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको हो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएसँगै बहुमत जुटेको हो ।

सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र बनाउने र साझा न्यूनतम नीति कार्यक्रम बनाउने दलहरुबीच सहमति छ । त्यस्तै दलहरुबीच सहमतिका आधारमा मन्त्रिपरिषदको संख्या निर्धारण र मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्ने सहमती छ।

सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा बहुमत पुर्‍याउन ५६ सांसदको आवश्यक पर्छ । जसमा एमालेको २७, माओवादीको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी ५७ सांसद पुग्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *