नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन् : सांसद राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले नेपालको पर्यटकीय सम्भावनालाई उचित किसिमले विश्वमा प्रचार गर्नसके अहिलेको भन्दा चार गुणा बढी विदेशी पर्यटक आगमन हुने दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै नेता जबराले यस्तो दाबी गरेका हुन् । उनले नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक भएपनि सरकारले प्रसारप्रचार गर्न नसकेको बताए । उनले उचित किसिमले नेपालको पर्यटकीय सम्भावनाको विषयमा प्रचारप्रसार गर्नसके धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिने बताए ।

उनले विश्वलाई नेपालका पर्यटकीय गन्तव्यको विषयमा अहिलेसम्म सन्देश दिन नसकिएको बताए । उनले एक पटक विश्वलाई नेपालका पर्यटकीय गन्तव्यका विषयमा सन्देश दिनसके नेपालमा धेरै पर्यटक आगमन हुने विश्वास रहेको बताए । उनले नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन भएकाले पर्यटनमार्फत मुलुक समृद्ध बनाउन सकिने बताए । उनले मुलुक सम्भावना नै सम्भावनाले भरिएको भन्दै सम्भावनाप्रति सरकारले दक्ष व्यवस्थापन र इमानदारी देखाउन आवश्यक रहेको बताए ।

उनले भने ‘नेपाल संसारको सबैभन्दा सुन्दर मुलुक हो । नेपालको पर्यटकीय सम्भावना अहिले छेउछाउबाट मात्रै गरेका छौं । नेपालले मुलुकको पर्यटन क्षेत्रको उचित किसिमबाट प्रचारप्रसार गरेको खण्डमा मुलुकमा पर्यटन अहिलेको भन्दो दोब्बर नभएर चौबर आगमन हुनसक्छ । तर अहिलेसम्म हामीले नेपाल कति राम्रो छ भनेर विज्ञापन गर्न सकेको छैनौँ । मूल समस्या नेपालको सौन्दर्य विश्वभर प्रचार गरेर नेपाल सुन्दर छ भनेर सन्देश दिन सक्नुपर्छ । एक पटक विश्वलाई त्यो सन्देश दिनसके नेपालमा धेरै होटलहरु बनेका छन् । खाली भएका होटल भर्ने र थप होटलमा लगानी हुने थियो । त्यसपछि नेपालको जलस्रोत पछि सबैभन्दा दोस्रो ठूलो उद्योग पर्यटन मार्फत मुलुक अगाडि बढ्नसक्छ । मुलुक सम्भावना नै सम्भावनाले भरिएको छ । यो सम्भावनाप्रति सरकारको तर्फबाट दुई वटा कुराहरू दक्ष व्यवस्थापन र इमानदारी हुन सक्नुपर्छ । नेपाल अगाडि बढ्छ ।’

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले समितिले नेपालको पर्यटन प्रवर्द्धनका विषयमा सबैसँग छलफल गर्ने तर निचोड ननिकाल्ने गरेको बताए । उनले निजी क्षेत्रले हरेक पटक पर्यटन प्रवर्द्धनका लागि कानुन संशोधन लगायतका विषयमा लिखित रुपमा सुझाव दिएपनि कार्यान्वयनको लागि संसदमा नगएको बताए । उनले निजी क्षेत्रले दिएका लिखित सुझावहरू दुई वर्षसम्म पनि कार्यान्वयनमा नल्याइएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले उपत्यकामा आन्तरिक पर्यटक बढेको बताए । उनले नेपालमा थोरै समय निकालेर आउने तर टे«किङ गर्न चाहने पर्यटकहरूको लागि उपत्यकाका पदमार्गहरूलाई चलायमान बनाउन आवश्यक रहेको बताए ।

उनले उपत्यका भित्र साइक्लिङ र पदमार्गलाई व्यवस्थित बनाउनसके मात्रै पनि पर्यटन प्र्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *