धनकुटामा सडक दुर्घटना हुँदा ३० वर्षीय चालकको मृत्यु

काठमाडौँ । धनकुटा नगरपालिका-६ स्थित कोललस्टोरमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार धनकुटाबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१–०२६ च ८९९२ नम्बरको पिक अचानक बेक्र फेल भई सडकको साइडमा रोकेर ग्यास लोड गर्दै गरेको बा प्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिँदा कोशी ग्यास गुठी एग्रोभेटमा काम गर्ने ३० वर्षीय चालक निरज ठकुरीको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ ।

उनी सिराहा घर भई हाल धनकुटा ९ गुठीटारमा बस्दै आएका थिए ।

कोशी ग्यास गुठी एग्रोभेट गुठिटारका सञ्चालकले निरजलाई आफ्नो क्षेत्रअधिकार भन्दा बाहिर ग्यास विक्री वितरण गर्न पठाउँदा अनायासै उनले दुर्घटनामा ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *