चैत २२ गतेदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ हुने

काठमाडौँ । ललितपुर चेम्बर अफ कमर्सले चैत २२ गतेदेखि २६ गतेसम्म ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्ने भएको छ ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर चेम्बर अफ कमर्सले एक्स्पोबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४ आयोजना गर्न लागिएको बताए ।

उनले एक्स्पोमा मेड इन नेपाल प्याभिलियन विशेष आकर्षण रहेको बताए । उनले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, साउथ कोरिया लगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री मौलिक उत्पादन र सेवा सम्बन्धी सामानहरूको प्रदर्शनी हुने बताए ।

उनले एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामाग्री, लत्ताकपडा, जुत्ता चप्पल, स्वास्थ्य वर्धक सामानहरू, अर्ग्यानिक उत्पादन र गरगहनाका सामाग्रीहरू पनि राखिने बताए । अध्यक्ष शाक्यले एक्स्पोमा ललितपुरमा उत्पादन हुने मौलिक निकासीयोग्य सामान र दैनिक उपभोग्य सामानहरूका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने बताए ।

उनले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, दक्षिण कोरिया लगायतका देशहरूमा उत्पादित वस्तुहरूको करिब १ सय भन्दा बढी स्टल रहने बताए । उनले एक्स्पोल समग्र ललितपुरको आर्थिक स्थिति सुदृढ हुने आयोजकले विश्वास लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *