जनकपुरमा आज मनाइयो होली

काठमाडौँ । जनकपुरधाममा आज होली मनाइएको छ ।

बुधवार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ ।

तराईका अन्य ठाउँमा भने सोमवार होली मनाइएको हो । होलीको अवसरमा जनकपुरधाममा विभिन्न परिकारका मालपुवा, दालको पुरी लगायतका भोजन बनाएर खाने–खुवाउने र एक अर्कालाई रङ–अबिर लगाएर खुसीयाली मनाउने चलन पनि विद्यमान छ ।

हिमाली र पहाडी जिल्लाहरूमा आइतबार तथा तराईका अन्य जिल्लाहरूमा सोमवार होली मनाइसकिएको छ ।

मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तः गृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरधाममा होली मनाउने गरिन्छ । तर यस पटक सोमवार अन्तरगृह परिक्रमा सकिएको र मंगलवार साधु सन्तहरूले मनाए पनि अन्य ८० प्रतिशत नागरिकहरूले भने बुधवारमात्रै होली मनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *