त्रिभुवन विमानस्थलबाट करिब १५ किलो चरेश बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १५ किलो मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

भन्सार कार्यालयको एक्सरेमा प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयर दोहा हुँदै लण्डन लैजान लागेको ARA MEX COURIER को १८ वटा फोटो फ्रेमभित्र लुकाई छिपाई ल्याएको उक्त परिमाणको पदार्थ फेला पारी बरामद गरेको हो ।

उक्त बरामद पदार्थ थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 6 =