छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । सुनसरी, इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित सडकमा मे.१ ख २७३४ नम्बरको बस र को.२९ प ४७६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने ३७
वर्षीय भोज कुमार श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।

सप्तरी, कृष्णसावरण गाउँपालिका–४ बनौलीस्थित सडकमा प्र.२–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार महादेवा गाउँपालिका–४ बस्ने ३५ वर्षीय सर्वण कुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका–२३ जगतपुर चोकस्थित सडकमा ग.१ ख ६७३३ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय सूर्य गुरूङको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =