भन्सार छलि ल्याएको सुन सहित २ जना पक्राउ

काठमाडौँ । भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका–११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपालिका–६ ठेगाना भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

रसुवाको केरुङ नाका हुँदै भन्सार छली सुनको तस्करी गरी काठमाडौं प्रवेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट उक्त परिमाणको धातुसहित दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =