फेरि कीर्तिमानतर्फ सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ४०० रुपैयाँ बढेको हो ।

छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८ सय पुगेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २ सय रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *