चैत १४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. चैत १४, २०८० । ई.सं. 27 Mar, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ चिल्लागा । पिङ्गल उत्तरायण वसन्त । बुधबार चैत्र कृष्णपक्ष । तिथि द्वितिय १५:३७ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र चित्रा १५:०५ बजेसम्म, त्यसपछी स्वाती । योग व्याघात २१:५१ बजेसम्म, त्यसपछी हर्षण । करण गर १५:३७ बजेसम्म, त्यसपछी वणिज ०४:१७ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि तुला । आनन्दादि योग काल । दिनमान १२:१६ । सूर्योदय ६:०२ । सूर्यास्त १८:१८ भद्र्रा ४:१७ देखि । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । गरेको काममा ढिलासुस्ती हुनसक्छ । पढाइलेखाइमा पनि बाधा पुग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *