गोपी हमालकी छोरी सम्पर्कविहिन, ओशो ध्यान गर्न गोवा गएकी थिइन्

काठमाडौँ । धनगढी उपमहानगरपालिका मेयर गोपी हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छिन् ।

ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी उनी हिजोबाट सम्पर्कविहिन भएको मेयर हमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएको उनका साथीहरुले जानकारी गराएको मेयर हमालले जनाएका छन् । त्यस्तै उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’, मेयर हमालले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *