गैरकानुनी तवरले काठमाडौँ बसेका ५ बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ । भिसा अवधि समाप्त पश्चात् गैर कानुनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होता, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडि मासुम मियालाई नियन्त्रणमा लिएको हो ।

बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद
गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *