फिफा विश्वकप छनोट

पहिलो लेग ५-० ले गुमाएको नेपाल फेरि बहराइनको सामना गर्दै

काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाली राष्ट्रिय टिमले बहराइनविरुद्ध दोस्रो लेग खेल्दैछ । पहिलो लेगमा पराजित भएको नेपाल आज फेरि खेल्न लागेको हो ।

समूह एच’मा रहेको नेपालले विश्वकप छनोटको पहिलो चरणमा लाओसलाई समग्रमा १-० ले हराएको थियो । दोस्रो चरणमा तीन खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ । बहराइनसँग दोस्रो लेग खेल्दा नेपाली टिम पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ ।

नेपालले यसअघि पहिलो लेगमा बहराइनसँग ५-० को फराकिलो हार व्यहोरेको थियो । बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, दशरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो ।

बहराइनको बहराइन राष्ट्रिय रंगशालामा दोस्रो लेग नेपाली समयानुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *