डा. कोइरालाको प्रस्ताव- अहिलेका प्रदेश सरकार नफेरौँ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश सरकार फेर्न नहुने बताएका छन् । उनले पटक-पटक प्रदेश सरकार बनाउने र ढाल्ने काम गर्नु संघीयताको स्थायित्वका लागि ठिक नभएको बताएका हुन् ।

मंगलबार बिहान फेसबुकमा कोइरालाले लेखेका छन्, ‘निर्वाचन भएको डेढ वर्षमै पटक-पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि बेठीक हुन् ।’ उनले हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको उल्लेख गरेका छन् । साथै अहिलेको गठबन्धनले सबै प्रदेशहरूमा सरकार बनाउन सक्ने गणित नभएको पनि उनको भनाइ छ ।

‘वर्तमान प्रदेशसभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ,’ कोइरालाले लेखेका छन्, ‘मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *