महालक्ष्मी बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयहरूद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ ।

बैंकले Global Money Week 2024 (GMW 2024) को अवसरमा विद्यार्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरू प्रसारण गरेको बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्र्थीहरु, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिलाहरू तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासन सम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

त्यस्तै बैंकले GMW 2024 को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो । त्यस्तै बैंकले विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरू जस्तैस् विद्युतीय भुक्तानी, वित्तीय ठगी, सार्वजनिक वाईफाई प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जाल मार्फत प्रसारण गरी GMW 2024 को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।

‘सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *